गृहपृष्ठ प्रहरी पोसाकमा टिकटक तथा अन्य भिडियो नबनाउन प्रहरीको आग्रह
प्रहरी पोसाकमा टिकटक तथा अन्य भिडियो नबनाउन प्रहरीको आग्रह
प्रहरी प्रधान कार्यालय काठमाण्डौले कोहि प्रहरीले पनि अबबाट प्रहरी पोसाकमा टिकटक लगायतका अन्य कुनै भिडियो नबनाउन र बनायर सामाजिक संजालमा नराख्न भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ | अहिले विभिन्न टेलिसिरियल, म्युजिक भिडियो र चलचित्रमा प्रहरीको बर्दी प्रयोगमा दुरुपयोग आएको भन्दै यस्तो विज्ञप्ति जारी गरेको हो |
उक्त विज्ञप्तिमा यदि कसैले पनि बिना स्वीकृति प्रहरी पोसाक र प्रहरीको पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्हहरु प्रयोग गरेमा कडा कारबाही हुने कुरा जनाइएको छ | अहिले संसारभर प्रचलित टिकटकमा प्रहरी पोसाकमा भएको प्रयोग, कहिँ कतै दुरुपयोग भेटेपछि यस्तो निर्णय गर्नु परेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी बरिस्ठ उपरीक्षक कुबेर कठायतले बताउनुभयो | अब यदि प्रहरी पोसाक कहिँ कतै प्रयोग गर्न परेमा आधिकारिक अनुमति लिएर मत्र प्रयोग गर्न आग्रह गरेको छ |





