२०८३ भदौ १३ गते शनिवार | August 29, 2026

गृहपृष्ठ रसुवा बाढीका मृतक ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइयो

रसुवा बाढीका मृतक ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइयो

बुटवल । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ। नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ महिला गरी ११ जनाको शव पहिचान तथा व्यवस्थापनका लागि प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिएका छन्।

यसैगरी, बाढीमा परेका अन्य ३ महिलाको शव भने भैरहवास्थित भीम अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार नवलपरासी क्षेत्रमा थप शवहरू पनि भेटिने क्रम जारी रहेकाले लुम्बिनी प्रादेशिक अस्पतालमा अझै थप शव आउन सक्ने सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार