गृहपृष्ठ एकैदिन राहत कोषमा २७ संस्था तथा व्यक्तिबाट ३८ करोड ५६ लाख सहयोग
एकैदिन राहत कोषमा २७ संस्था तथा व्यक्तिबाट ३८ करोड ५६ लाख सहयोग
काठमाडौं । रसुवा बाढीका पीडितलाई राहत दिन एकैदिन ३८ करोड ५६ लाख रुपैयाँ संकलनरसुवामा आएको भीषण बाढीपीडितको उद्धार, राहत तथा पुनर्मार्गनिर्माणका लागि ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा एकैदिन ३८ करोड ५६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत विभिन्न २७ वटा कर्पोरेट संस्था, व्यवसायी तथा व्यक्तिहरूले कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।कोषमा सबैभन्दा ठूलो सहयोग सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ दिएको छ। त्यसैगरी प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख, मोरङ अटो वर्क्सले १ करोड ११ लाख र एसियन लाइफ इन्स्योरेन्स, हिमालयन बुलियन तथा एग्रो थाईफुड्सले समान १ करोड १ लाख रुपैयाँ योगदान गरेका छन्।
उद्योगी विजयकुमार शाह, पद्मज्योति समूहको स्याकार ट्रेडिङ, राजी राणा (व्यक्तिगत), डब्लूडब्लूएफ नेपाल, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ र सोलु हाइड्रोपावरका तर्फबाट १-१ करोड रुपैयाँ कोषमा हस्तान्तरण गरिएको छ।यसैगरी, नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख र एबाकस इन्साइट्सले १५ लाख रुपैयाँ प्रदान गरेका छन्। नेपाल चिया विकास कर्पोरेसनले ११ लाख सहयोग गर्दा सीएएस ट्रेडिङ हाउस र सिल्भर लाइनिङ प्रालिले समान १ लाख ११ हजार रुपैयाँ दिएका छन् भने अन्य तीन संस्थाहरूबाट २६ लाख ६२ हजार रुपैयाँ प्राप्त भएको छ। विपद्को यस कठिन घडीमा निजी क्षेत्र तथा सर्वसाधारणबाट स्वतःस्फूर्त रूपमा राहत कोषमा थप रकम आउने क्रम जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ।













