गृहपृष्ठ प्रहरीको सक्रियतामा : नगद ४९ हजार सहित शुद्धोधनबाट ८ जुवाडे पक्राउ
प्रहरीको सक्रियतामा : नगद ४९ हजार सहित शुद्धोधनबाट ८ जुवाडे पक्राउ
रुपन्देहीको शुद्धोधन गाउँपालिकाबाट ८ जुवाडे पक्राउ परेका छन् । शनिबार दिउँसो २ः३० बजेको समयमा घरमा खेल्दै गरेको अवस्थामा शुद्धोधन १,सिसैबाट नगद ४९ हजार ८ सय ६० रुपियाँ सहित ८ जना जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक चक्र बहादुर डम्बरपालले जानकारी दिए ।
पक्राउ पर्नेमा शुद्धोधन १,सिसै बस्ने वर्ष ४६का भिम बहादुर पुन,३४ वर्षिय रामकिशन मल्लाहा,१९ वर्षिय गोकुल पुन,३४ वर्षिय अर्जुन ढुङगना,३५ वर्षिय सिराज अहम्मत,२५ वर्षिय महेन्द्र यादव,२७ वर्षिय गोरख मल्लाहा र सैनामैना ३ बस्ने वर्ष ४५का पशुपति न्यौपाने रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुलाई जुवा सम्बन्धी मुद्धा दायर गरि कानुनी कार्वाही अघि बढाइएको प्रहरीले बताएकोे छ ।सरुवा भई आएका प्रहरी निरिक्षक चक्र बहादुर डम्बरपालले हप्तादिन नपुग्दै यस्ता अपराधि गतिविधीलार्ई नियन्त्रण गर्न सफल भएका छन् । सरुवा भई आएको हप्तादिन नपुग्दै प्रहरी निरिक्षक चक्र बहादुर डम्बरपालले यस्ता अपराधि गतिविधीलार्ई नियन्त्रण गर्न सफल भएका छन् ।





