२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेकपा कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।

यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । नेकपाका ३३ प्रदेश सांसदमध्ये १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए, जसमा पूर्वमाओवादी खेमाका ३ र माधव नेपाल पक्षमा  ७  सांसदको समेत हस्ताक्षर थियो ।

@sabalpost

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार