२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ विश्वकप छनोटको युरोपियन ‘ड्र’ डिसेम्बरमा हुने

विश्वकप छनोटको युरोपियन ‘ड्र’ डिसेम्बरमा हुने

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको ‘ड्र’ डिसेम्बरमा सार्वजनिक हुने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युरोपियन क्षेत्रको ‘ड्र’ डिसेम्बर ७ मा जुरिचमा गरिने जनाएको छ ।

कोरोना भाईरसलाई मध्ये नजर गर्दै ‘ड्र’ भर्चुअल हुनेछ । जसमा सबै देशका प्रतिनिधिको सहभागिता हुनेछ ।

युरोपियन छनोटमा ५५ राष्ट्र सहभागी हुने छन् । जसलाई १० समूहमा विभाजन गरिने छ ।

समूह चरणमा सबै टिमले होम एण्ड अवेको आधारमा खेल्ने छन् ।

१० समूहको समूह विजेता कतार विश्वकपमा छनोट हुनेछन् । उपविजेताले प्ले अफ खेल्ने छन् ।

युरोपियन छनोटको खेलहरु २०२१ को मार्च देखि नोभेम्बरसम्म सकिने बताईएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार