२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ अस्ट्रेलियन क्रिकेट लिग बिग बासमा ३ विदेशी खेलाडी खेलाउन पाईने

अस्ट्रेलियन क्रिकेट लिग बिग बासमा ३ विदेशी खेलाडी खेलाउन पाईने

अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा ३ विदेशी खेलाडी प्लेइङ सेटमा राख्न पाईने भएको छ ।

बीबीएलले नयाँ सिजनको लिगमा ३ विदेशी प्लेइङ सेटमा राख्न पाउने नियम बनाएको हो ।

स अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।

बीबीएलमा एक टिममा ६ विदेशी खेलाडी राख्न पाईने छ ।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर ३ बाट सुरु हुनेछ ।

फ्रेन्चाइज टिमले विदेशी खेलाडी अनुबन्धन सुरु गरिसकेको छ ।

बीबीएलमा नेपालका सन्दीप लामिछाने समेत खेल्दै आईरहेका छन् ।

अघिल्लो सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए ।

यस पटक भने उनले कुनैपनि क्लबसँग सम्झौता गरिसकेका छैनन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार