२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ ३ बर्षीय क्यान्सर पीडित रितेश कापरको उपचारका लागि परिवारजनलाई आर्थिक सहयोग

३ बर्षीय क्यान्सर पीडित रितेश कापरको उपचारका लागि परिवारजनलाई आर्थिक सहयोग

सबैला नगरपालिका १०,खरियनी बस्ने राजेश कापरका छोरा ३ बर्षीय क्यान्सर पीडित रितेश कापरको उपचारका लागि जय मा जानकी समाज सेवा नेपालले सहयोग हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा रहेका युवाले बालकको उपचारको लागि ४१,५०० रुपैयाँ संकलन गरि पठाएका हुन् । हाल साउदी, कतारमा रहेका स्थानीयबाट संकलन गरि पीडित परिवारलाई बुधबार हस्तान्तरण गरिएको जय मा जानकी समाज सेवा नेपालका केन्द्रिय अध्यक्ष ललित कुमार कामतीले जानकारी दिनुभयो ।

रितेश कापरको आमालाई उक्त रकम हस्तान्तरण गरिएको छ । कामतीले पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । परिवारका एकमात्र छोरा रितेश क्यानसर जस्तो घातक रोगबाट पीडित भई हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहनुभएको छ ।

डाक्टरको भनाई अनुसार थप उपचार गर्नु पर्ने र उपचार्थ खर्च धेरै लाग्ने भएकोले घरको आर्थिक अवस्था कमजोर भै समस्या परेकाले रितेशको जीवन रक्षाको लागि सहयोग गरिएको जय मा जानकी समाज सेवा नेपाल शाखा अध्यक्ष राम सागर मण्डलले बताउनुभयो ।

रितेशको उपचारका लागि जनप्रतिनिधि राजनीतिक दल र समाजका सम्पुर्ण कार्यक्रममा प्रमुख अथितिको आसनबाट पत्रकार मुकेश यादवले बताए । कार्यक्रममा जय मा जानकी समाज सेवा नेपाल शाखा सचीव रमेश महरा,सदस्य अनुरुध यादव,घुमन यादव,उनेश्वर राय,राम धनी राय,विजय कापर,मलेसिया अध्यक्ष अजय,कुमार यादव,दुबई अध्यक्ष कामेश्वर यादव,साउदी अध्यक्ष शिव चन्द्र कामती,भारत अध्यक्ष राम उदगार यादव,केन्द्रिय उपाध्यक्ष राम नारायण मण्डल,कोषाध्यक्ष अजय दास,महासचिव ललित राय,लगाएत स्थानीयहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार