२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ सुधारियो संघिय सांसद लोगो

सुधारियो संघिय सांसद लोगो

संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको छ । र, सांसदहरुले आएर नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले बताएको छ ।संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लागो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो ।अहिले सुधारिएको लोगो आएको छ । ‘नयाँ लागो बनाउन लागेको खर्च पहिले जसले बनाएको थियो, उसैले व्यहोरेको छ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।उनका अनुसार नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाउन थालेका छन् भने संसदहरुले पनि लैजान सक्नेछन् ।

स्रोत – तिलोत्तमा सिटी 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार