२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ५३ लाख नाघ्यो, ११ लाख ८५ हजारले गुमाए ज्यान

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ५३ लाख नाघ्यो, ११ लाख ८५ हजारले गुमाए ज्यान

विश्वभर कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ५३ लाख नाघेको छ भने ११ लाख ८५  हजारभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ५३ लाख १२ जार ७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख ८५ हजार ७३३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड २९ लाख ८५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३४ हजार १७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ९२ लाख १२ हजार ५६७ पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २१ हजार १३१ पुगेको छ । त्यहाँ कुल संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार