गृहपृष्ठ पाल्पा गुल्मी सडकखण्डमा मोटरसाइकल दुर्घटना एकको मृत्यु एक घाइते
पाल्पा गुल्मी सडकखण्डमा मोटरसाइकल दुर्घटना एकको मृत्यु एक घाइते
पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा परि आज एक जनाको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका –३ सिरुखर्कस्थित पाल्पा –गुल्मी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन –१४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनदेखि गुल्मीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएका ज्ञवालीको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मोटरसाइकल पछाडी सवार घाइते गुल्मी, ग्वादी गाउँपालिका –४ बस्ने ४३ वर्षीय अनिल ज्ञवाली भने लुम्बिनी मेडिकल कलेजमा उपचार पश्चात घर फर्केका छन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





