२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ कोभिड–१९ का लागि निर्माण भइरहेको खोपले ९० प्रतिशतसम्म प्रभावकारी देखिएको विश्लेषण

कोभिड–१९ का लागि निर्माण भइरहेको खोपले ९० प्रतिशतसम्म प्रभावकारी देखिएको विश्लेषण

कोभिड–१९  का लागि निर्माण भइरहेको खोपले ९० प्रतिशत मानिसमा सङ्क्रमण रोक्न सक्ने प्रारम्भिक विश्लेषणमा पत्ता लागेको छ ।

यो खोप विश्वको ठूलो औषधी कम्पनी फाइजर र बायोटेकले निर्माण गरेको हो । कम्पनीले यो ‘विज्ञान र मानवताका लागि महान् दिन’ भएको बताएको छ ।

कम्पनीले यस महिनाको अन्त्यसम्म खोपको प्रयोगको लागि अनुमति पाउन आपत्कालीन आवेदन दिनेछ ।

यो खोपलाई उत्कृष्ट उपचारका साथै भाइरसविरुद्धको लडाइँमा सबैभन्दा ठूलो हतियार मानिएको छ । कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धबाट पनि यसले बचाउन सक्छ ।

यो खोपलाई अहिलेसम्म ६ देशमा ४३ हजार पाँच सय जनामा परीक्षण गरिएको छ र सुरक्षालाई लिएर कुनै चिन्ता नदेखिएको बताइएको छ ।

विश्वभर दर्जनौँ खोप परीक्षणको अन्तिम चरणमा छन् । जसलाई ‘फेज थ्री ट्रायल’ भनिन्छ । तर कुनै परिणामहरू देखाएको यो पहिलो खोप हो ।

यो खोपले पूर्णरुपमा प्रयोगात्मक दृष्टिकोणको प्रयोग गर्छ, जसमा शरीरको प्रतिरोधी क्षमता भाइरससँग लड्न तयार होस् भनेर भाइरसको जेनेटिक कोडलाई शरीरमा इन्जेक्ट गरिन्छ ।

यसअघि भएको परीक्षणमा कोरोना भाइरसविरुद्ध लड्नको लागि खोपले शरीरमा एन्टिबडी बनाउने र प्रतिरोधी प्रणालीको एक अर्काे हिस्सा निर्माण गर्ने पत्ता लागेको थियो, जसलाई टी–सेल भनिन्छ ।

यो खोपलाई तीन हप्ताभित्र दुई खेप लगाउनुपर्ने हुन्छ । अहिलेसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणमा सात दिनभित्र मानिसहरुमा भाइरसको प्रतिरक्षात्मक प्रणाली विकसित भएको पाइयो ।

फाइजरले यस वर्षको अन्त्यसम्म यस खोपको पाँच करोड खेप उपलब्ध गराउन सक्ने र सन् २०२१ को अन्त्यसम्म १ दशमलव ३ अर्ब खेप तयार हुन सक्ने आशा व्यक्त गरेको छ ।

तर यस खोपलाई लिएर केही तार्किक चुनौती पनि आउनेछ । यसलाई शून्यदेखि ८० डिग्री सेल्यिसभित्रको तापमानमा राख्नुपर्ने हुन्छ ।

@sainamainakhabar

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार