गृहपृष्ठ प्रधानमन्त्री ओली बुधबार नेपाल–चीन सीमाक्षेत्र किमाथाङ्क भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली बुधबार नेपाल–चीन सीमाक्षेत्र किमाथाङ्क भ्रमणमा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली भोली (बुधबार) संखुवासाभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथाङ्क भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री ओलीले सो क्रममा किमाथाङ्गामा स्थापित बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षण गर्ने भएका छन् ।
त्यसैगरी प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजना र कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक निर्माणमा भइरहेको प्रगतिको अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।
सत्तारुढ दल नेकपाभित्र विवाद चर्किदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सचिवालयका बैठक बोलाउने तयारी गरिरहेका बेला अध्यक्ष समेत रहेका ओली किमाथाङ्का भ्रमण जान लागेका हुन् ।





