गृहपृष्ठ निहारिका फिल्म्स प्रा. लिको २०७७ तिहार उपलक्षमा भैलो गीत बजारमा
निहारिका फिल्म्स प्रा. लिको २०७७ तिहार उपलक्षमा भैलो गीत बजारमा
निहारिका फिल्म्स प्रा. लिले २०७७ तिहार उपलक्षमा भैलो गीतको भिडियो बजारमा ल्याएको छ। एकदमै सुन्दर शब्द अनि भाका जसलाई सङ्गितकार शम्भु राईले सृजना गरेका हुन उक्त गीतलाई सङ्गीतकार दीपक श्रेष्ठले केही परिमार्जन गरि सङ्गीत संयोजन गरेका छन । निहारिका फिल्म्स प्रा. लि. को स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा आवाज दीपान्शु श्रेष्ठ, दीक्षा पनेरु र संगीता सारु मगरको रहेको छ । बुटवलमै छायांकन गरेको उक्त भिडियोमा निर्देशन दीपक श्रेष्ठ , छायांकन र सम्पादन योगेश शाक्यको , श्रींगार मनु श्रेष्ठको रहेको छ भने कलाकारहरुमा निहारिका श्रेष्ठ, गंगा राना, रेजिना थापा, अंकित बेल्बासे र आदित्य बेल्बासे लगायत अन्य थुप्रै सहयोगी कलाकारहरुको सहभागीता रहेको छ । करिब ६ मिनेटको उक्त भैलो गीतले सबैको मनमा बस्न सफल हुने निर्देशक दीपक श्रेष्ठको भनाइ रहेको छ । यस गीतको सम्पुर्ण टिमलाई गीत सफलताको शुभकामना।






