गृहपृष्ठ चाडपर्व सँगै अनुगमनमा तात्दै प्रशासन र प्रहरी
चाडपर्व सँगै अनुगमनमा तात्दै प्रशासन र प्रहरी
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको अध्यक्षतामा कपिलवस्तुमा बजार अनुगमान गरिएको छ। जिल्ला कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख, प्रधानमन्त्री कृषि परियोजना कार्यालय कपिलवस्तुका प्रमुख, उद्योग बाणिज्य संघ कपिलवस्तुका प्रमुख, घरेलु उद्योग तथा साना किसान कार्यालय कपिलवस्तुका प्रमुख, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा ७ जनाको टोली र सशस्त्र प्रहरी कार्यालय महाराजंगजबाट सशस्त्र प्रहरी निरीक्षक ध्वज विक्रम शाहीको कमाण्डमा रहेको ७ जनाको टोलीले जिल्ला स्थित चन्द्रौटा र रुद्रपुर क्षेत्रमा रहेका ठूला धानमिल तथा गोदामहरुमा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा शिवराज नगरपालिकाकी उपमेयर शिवानी सिँह थारुले आफ्नो नगरपालिकाको क्षेत्र भित्र अनुगमन गर्नु आफ्नो पनि जिम्मेवारी रहेको भन्दै सहयोग गरेकी थिइन। सरकारले तोकेको मोटा र मध्यम धानको न्युनतम समर्थन मुल्य किसानले नपाएको गुनासो आएपछि प्रहरीको उपस्थितीमा अनुगमन बढाईएको हो। त्यस्तै अनुगमनको क्रममा धान झार्दा र उठाउँदा व्यापारीले लिने लेबर खर्च (पल्लावारी) को बिषयमा समेत व्यापरीसँग सोधपुछ गरिएको थियो।
किसानको न्युनतम मूल्यबाटै पल्लावारीको मूल्य काट्ने गरेको र प्रति क्विन्टल धानमा दुई किलो धान मिलहरुले लिने गरेको पाईएको छ । प्रति क्विन्टल झारेको रु १५ का दरले लिने गरेको पाईएकोले दुवै पक्षलाई मर्का नपर्ने गरि मूल्य तोक्न र किसानलाई मर्का नपर्ने गरि व्यापार चलाउन साहयक प्रमुख जिल्ला अधिकारीले निर्देशन समेत दिए। प्रहरीको उपस्थितीमा बजार अनुगमन गरिएकोले त्यसले आफूलाई समेत सहज भएको सहायक प्रमुख जिल्ला अधिकारीले बताए।
प्रहरीले शान्ति सुरक्षाका अलावा चाडपर्वमा रातदिन खटिएर कार्य गरिरहेको कुरामा उनले समर्थन जनाए। एउटा रोचक कुरा के भने तौलिहवाबाट सँगै चन्द्रौटाका लागि निस्किएका सहायक सिडियो को गाडी, जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख र जिल्ला प्रहरी कार्यालयको गाडी चन्द्रौटा पुगिसक्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीको गाडी झन्डै आधा बाटोमा पर्ने बुड्ढी आसपास पुग्दै थिए। यति कमजोर सवारीसाधनका बाबजुद समेत प्रहरीले अन्य निकायको तुलनामा काम गरिरहनु सरहानिय भएको सहायक प्र जि अ गणेश नेपालीले बताए ।





