२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ मंगलापुर कान्छीबजार सडकखण्ड बन्ने निश्चित

मंगलापुर कान्छीबजार सडकखण्ड बन्ने निश्चित

रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरदेखि पुर्व जाने सडक एनयुजीआईपी अन्तर्गत निर्माण हुने भएको छ । मङ्गलापुर चोक देखि ९ कि .मी  पुर्व कान्छी बजार सम्म फराकिलो बन्ने सो सडकखण्ड मन्त्री परिषदबाट स्विकृत हुदै मंसिर ३ गते  अर्थमन्त्रालय र विश्व बैंक बिच निर्माण सम्झौता सम्पन्न भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । सम्झौताका सबै काम पुरा भएकोले अब ठेक्काको काम अघि बढ्ने र छोटो समयमै सो सडक बन्ने नगरप्रमुखको भनाइ रहेको छ ।

त्यसो त उता तिलोत्तमा-१२ जनता माबि देखि पश्चिम तिलोत्तमा-१० कान्छीबजारसम्म ४३ फुट बाटोमा कालोपत्र लगाउन तयारी भैसकेको छ।  रुपन्देही क्षेत्र न १ मार्फत तिलोत्तमा नगरका ९ वटा वार्डहरु समेटेर तिलोत्तम ११ गणेशनगर देखि बसन्तपुर हुदै भारतीय बोडर सुनौलीसम्मको २५ किमि डबललेनको दुरगामी सडक बन्दैछ। सडक निर्माणकार्यको सुभारम्भ गर्दै क्षेत्र नम्बर १ का संसद छबिलाल बिश्वकर्माले बिकाश निर्माण को कार्यलाई गाउँ गाउँसम्म जोड्ने अभियानको शुरुवात भएको बताउनुभएको छ ।  सो सुभारम्भ कार्यक्रममा सांसद गोपाल भट्टराई , सडक डिभिजन रुपन्देहीका जयलाल मरासिनी , नेकपा नेता यज्ञ गैरे , तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधब प्रसाद शर्मा , नगर प्रबक्ता सुरेन्द्र श्री , वडा अध्यक्ष मुक्ति चौधरी , राधा शाही लगायतको उपस्थिति रहेको थियो।  सो सडक संग जोडिने गरि मंगलापुर कान्छीबजार सडक खण्ड बन्ने भएपछी स्थानिय समेत खुसि भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार