२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ पुन: प्रयोग योग्य सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम सम्पन्न

पुन: प्रयोग योग्य सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम सम्पन्न

पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११ धुर्कोट फेदीमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत पुनः प्रयोग योग्य सेनेटरी प्याड निर्माण सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ ।

वेद सिर्जनशिल संस्था, सुनवल नवलपरासीको आय‍ोजना तथा आपतकालीन प्रतिकार केन्द्र नवलपरासी एवम् नारीका लागि उपहार अभियानक‍‍ो सहकार्यमा पुन: प्रयोग योग्य सेनेटरी प्याड निर्माण सम्बन्धि १ दिने तालिम वेद संजालकी अध्यक्ष रोशनी रानाको अध्यक्षता तथा सुनवल नगरपालिका वडा न० ११ कि महिला वडा सदस्य दुर्गा भुर्तेलको प्रमुख अतिथिक्ता एवम् वेद संजालका संस्थापक अध्यक्ष कृष्ण पाण्डे, श्री जन शक्ति प्राथमिक विद्यालयका प्र.अ. ओम प्रकाश दर्लामी,सुनवल ११ कि स्वास्थ्य स्वयंसेविका नुममाया थापा,वेद संजाल नवलपरासी सामाजिक दुत अनुकुल रेग्मी लगायत अतिथि तथा १५ जना सहभागीको सहभागितामा सम्पन्न भएको छ ।

तालिममा रूविना आचार्य र मञ्जु पाण्डे बरालले प्रशिक्षण गर्नु भएको थियो । पुन: प्रयोग गर्न मिल्ने प्याड तालिमले प्याड व्यवसायमा मद्दत पुर्याउने कुरा अनुकुल रेग्मीले बताउनु भएको छ । यो तालिमले महिला शशक्तिकरणमा मद्दत पुगाउने कुरा संस्थापक अध्यक्ष कृष्णले बताउनु भएको छ । घरायसी समाग्रीहरूको प्रयोगमा पुन: प्रयोग हुने प्याड बनाउन सिकाउने अनि महिनावारी सम्बन्धी जनचेतना दिदै कु-संसारको अन्त्य गने कुरा अध्यक्ष रानाले बताउनु भएको छ । वेद संजालको सचिव समीर परियारको संचालन रहेको कार्यक्रममा कार्यक्रम संयोजक सीता पाण्डे स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार