गृहपृष्ठ उद्घोषण तथा भाषणकला तालिम औपचारिक रुपमा उद्दघाटन (फोटोफिचर)
उद्घोषण तथा भाषणकला तालिम औपचारिक रुपमा उद्दघाटन (फोटोफिचर)
पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १२ पुरानो जिल्ला बाल कल्याणको सभाहल, परासीमा ५ दिने उद्घोषण तथा भाषणकला तालिम औपचारिक रुपमा उदघाटन भइ सुरु भएको छ् ।
१९ गते देखी सन्चालनमा आएको तालिम एक कार्यक्रम बीच उद्दघाटन गरिएको छ । देवचुली टेलीभिजनका प्रतिनिधि ग्यानेश्वर सहानीको अध्यक्ष्ता तथा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथिक्ता , परासी क्याम्पसका प्रमुख सुमन गोपाल आचार्यको विशिस्ट अतिथिक्ता, युवा तथा सामाजिक अभियन्ता सुखाडी प्रसाद चौधरीको विशेष अतिथिय्ता तथा मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता, रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य रोशन शाह, बाल समुह जिल्ला समन्वय समिती नवलपरासीका भुतपुर्ब कोषाध्यक्ष डब्लु यादवको लगायतको अतिथिय्ता तथा सम्पूर्ण सहभागीको उपस्थितिमा उद्दघाटन कार्यक्रम सम्पन्न गरिएको छ ।
देवचुली टेलिभिजनको आयोजना तथा हेल्पिङ हेन्ड परासी ,युवा सचेतना संस्था ,रामग्राम-२ परासी ,योगदान रास्ट्रको लागी पश्चिम नवलपरासी शाखा ,भोजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासी,परिवर्तन सामाजिक बिकास संस्था, पाल्हिनन्दन-२ को सह-आयोजना तथा सनराइज इङलिस स्कुल पाल्हिनन्दन-२ महेशपुर अमानिगन्ज , उज्यालो भबिस्य संस्था ,उत्तम सहयोगी सामाजिक बिकास संस्था , मैत्री समाज नेपाल ,परासी एजुकेसन सेन्टर रामग्राम-४ जितपुर ,रामग्राम जेसिसको सहकार्य तथा राष्ट्रिय दैनिक ,गण्डकी आज , उदयमान अनलाइन मिडियाको सहकार्य एवम् नरेन्द्र गुप्ता प्रमुख रामग्राम नगरपालिका , धिरज त्रिपाठी केन्द्रिय अध्यक्ष , सुखाडी प्रसाद चौधरी युवा तथा समाजिक अभियन्ता , रबिन्द्र सहानी, नेता नेपाली काङ्ग्रेस तथा समाजसेवी सांसद अन्सारी लगायत सहयोग दाताहरु सहयोगमा कार्यक्रम सन्चालन भइ रहेको छ ।
तालिमको पहिलो दिन एम.एस.डि.एस. एवम् हेल्पिङ हेन्ड परासीका प्रमुख सन्जय शर्मा द्वारा नेतृत्व बिकास तथा उद्घोषण सम्बन्धित सामान्य कक्षा संचालन गरिएको थियो भने तालिमको दोस्रो दिन उदयमान अनलाइनका संयोजक तथा कार्यकारी प्रमुख इज्जत कंडेलले उद्घोषक र उद्घोषणको बारेमा प्रष्ट पार्दै उद्घोषकमा हुनु पर्ने गुण , शैली , परिरहनका बारेमा जानकारी तथा प्रयोगात्मक कक्षा संचालन गरि समापन गरिएको थियो । तालीम १९ गतेबाट सुरु भइ २३ गते सम्म सन्चालन हुनेछ । प्रत्येक दिन राष्ट्रिय स्तरका प्रशिक्षकबाट तालिम संचालन हुने आयोजकले जनाएको छ ।







