गृहपृष्ठ १३ घरधुरीमा बायो स्याण्ड फिल्टर वितरण
१३ घरधुरीमा बायो स्याण्ड फिल्टर वितरण
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकाका १३ घरधुरीमा बायो स्याण्ड फिल्टर वितरण गरिएको छ । पाल्हिनन्दन गाउपालिका वडा नं. ६ का अति गरिब तथा विपन्न परिवारलाई इन्द्रेणी सामाजिक बिकास मन्च आयोजना तथा युनाइटेड मिसन नेपाल , अस्ट्रेलियन एड , ट्रन्सफर्म एडको सहयोग तथा पाल्हिनन्दन गाउपालिकाको सवन्यमा बितरण गरिएको छ ।
पाल्हिनन्दन गाउपालिकाका अध्यक्ष दिपक गुप्ताको अध्यक्ष्ता तथा वडा अध्यक्ष कृष्ण चन्द्र यादवको अतिथिक्ता एवम् कार्यक्रम सन्योजक इस्वर के.सी , तालिम व्यवस्थापक बालकृष्ण पान्डेय , सुर्य गैर परियोजना संयोजक , फिल्ड अधिकृत सपना श्रेष्ठ लगायतको अतिथिय्ता तथा समाजिक परिचालक सन्दीप बि.क को उपस्थितिमा ७ हजार प्रति लिटर बायो स्याण्ड फिल्टर वितरण कार्यक्रम सम्पन्न भएको छ ।







