२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ कपिलवस्तुमा ७३ तोला चाँदीका सामाग्री सहित २ जना पक्राउ

कपिलवस्तुमा ७३ तोला चाँदीका सामाग्री सहित २ जना पक्राउ

कपिलवस्तुको बाणगंगा नगरपालिका २ लखनचोकबाट अवैधरुपमा भित्राईएको ७३ तोला चाँदीका सामग्रीसहित २ जनालाई प्रहरीले पक्राउ परेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नम्बरको स्कुटरलाई चेक जाँच गर्ने क्रममा उक्त सामग्री फेला परेको प्रहरीले जनाएको छ ।

स्कुटरपछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँपालिका–५ का २२ वर्षीय उमेश सुनारले बोकेको साईड ब्यागभित्र लुकाई राखेको अवस्थामा ९६ हजार मूल्य बराबरको चाँदीका सामग्री र सेतो रातो पत्थर ४८ पिस बरामद भएको प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीले बताए ।

स्कुटर चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ का २६ बर्षीय सुगम पुन रहेका छन् । दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार