२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ एक पिकअप सहित साढे सत्र लाखभन्दा बढिको मालसामान सशस्त्र प्रहरीको नियन्त्रणमा

एक पिकअप सहित साढे सत्र लाखभन्दा बढिको मालसामान सशस्त्र प्रहरीको नियन्त्रणमा

नवलपरासी पश्चिम जिल्लाको विभिन्न नाकाबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको एक पिकअप सहित साढे सत्र लाख भन्दाj बढि मुल्य बराबरको मालसमान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ८ पिपरपातीबाट लु १ च २०५५ नम्बरको पिकअपमा लोड गरि लगिएको एक सय तिस पेटी पेय पदार्थ (रेडबुल) , सरावल गाउँपालिका वडा नं ७ गणेशपुर बाट लत्ताकपडा त्यसैगरी सरावल गाउँपालिका वडा नं ६ मोजरहिया बाट केही खसी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिम तथा मातहतका युनिटबाट परिचालित ड्युटिले यस गणको जिम्मेवारी क्षेत्रका बिभिन्न नाकाको प्रयोग गरी भारतबाट अबैध रुपमा भन्सार छलि भित्र्याइएका उक्त मालसामान अावश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको रेग्मीले बताए । जिल्लाको सिमा क्षेत्रमा तस्करी बढेपछि निगरानी बढाइएको सशस्त्र प्रहरी नवलपरासीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार