गृहपृष्ठ काठमाडौं उपत्यकामा पुस १४ गते ५० हजार मानिस उतार्ने प्रचण्ड-नेपाल पक्षको दाबी
काठमाडौं उपत्यकामा पुस १४ गते ५० हजार मानिस उतार्ने प्रचण्ड-नेपाल पक्षको दाबी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड-नेपाल पक्षको योजना छ ।
‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार विभिन्न बैठक, भेला, प्रशिक्षण लगायतका काम भइरहेका छन्,’ युवा संघ संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अनलाइनखबरसँग भने । युवाहरुले १३ गते पनि काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछन् । १३ गतेको प्रदर्शन साँझ ५ बजे हुने छ ।






