गृहपृष्ठ संसद बिघटन असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नेपाली काङ्ग्रेसद्वारा नवलपरासीमा बिरोध प्रदर्शन,
संसद बिघटन असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नेपाली काङ्ग्रेसद्वारा नवलपरासीमा बिरोध प्रदर्शन,
नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र अनुरुप नेपाली काङ्ग्रेसले सोमबार १६५ वटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्सन गरे सङै नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्रीय कार्य समिती क्षेत्र नम्बर १ र २ ले आज संसद बिघटन असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नेपाली काङ्ग्रेसद्वारा नवलपरासीमा बिरोध प्रदर्शन गरेको छ। पश्चिम् नवलपरासीको प्रतापुर गाउपालिकाको गोपिगन्जबाट निस्केको र्याली बर्दघाट पुरानो चौकी पुगि कोण सभामा परिणत भएको थियो ।
कार्यक्रम क्षेत्र नं १ का सभापति मुकुल कुमार आचार्यको सभापतित्व तथा संविधान सभा सदस्य देवकरण कलाकारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। भने दोस्रो पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका को जिल्ला पार्टी कार्यालयबाट निकालिएको र्याली मालपोत कार्यालय हुदै जिल्ला प्रशासन कार्यालय हुदै लिटिल एन्जल्स मा. वि. हुदै बुद्ध चोक परासीमा कोणसभामा परिणत भएको थियो । कार्यक्रम क्षेत्र नम्बर २ का सभापति नरेन्द्र कुमार गुप्ताको सभापतित्व तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्लेकार्ड सहित र्यालीमा सहभागीहरुले ओली सरकार मुर्दाबाद,लोकतन्त्र जिन्दावाद,ओलि सरकारको उपहार कुशासन र भ्रष्टाचार जस्ता नारा लगाएका थिए। बर्दघाटको काेण सभालाई सम्बोधन गर्दै पुर्व सान्सद देवकरण कलवार( सन्तु) ले संसद् विघटन गर्न सरकारले चालेका कदम नसच्चिएसम्म निरन्तर विरोध गरिरहने बताउँदै सर्वाेच्चले सरकारकै पक्षमा फैसला गरे निर्वाचनको सुनिश्चितताका लागि कांग्रेसले निरन्तर खबरदारी गर्ने बताएका हुन् । परासीको कोण सभालाई सम्बोधन गर्दै नेता कंडेलले अब नेपाल मा कम्युनिस्ट हरु समाप्त हुने दाबी गर्नु भएको हो। नेपाली काङ्ग्रेसलाई नहेर्ने ओली सरकार अब कम्युनिस्ट हरुकाे पत्तासाफ हुने दिन अाएकाे वहाले बताउनु भयाे ।अब देशकाे निकास काङ्ग्रेसले मात्र दिन सक्ने भएकाेले सम्पुर्ण लाेकतन्त्रबादीहरु एकजुट भई अगाडि बढनुपर्ने कुरामा जोड दिनु भएको हो ।
जवजव देशमा संकट आउछ तबतब नेपाली काङ्ग्रेसले संकटबाट बचाएको छ। अब देशमा नेपाली काङ्ग्रेसकाे बहुुमतकाे सरकार बन्ने जिकिर गर्नु भएको छ । परासीकै कोणसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस नवलपरासीका क्षेत्र नं २ का सभापति नरेन्द्र गुप्ताले आफुहरु संघीयताको पक्षमा रहेको कुरा बताउनु भएको छ । यदि देशमा संघीयता खतरामा गए देश खतरामा जाने बताउनु भएको छ । प्रदेश तथा स्थानीय तहलाई थप अधिकार दिई यसलाई अझै मजबुत गर्ने तथा संघीयता पछी देशमा धेरै बिकास भएको कुरामा जोड दिनु भएको छ् ।

बर्दघाटको कार्यक्रममा सविधानसभा सदस्य बिक्रम खनाल , प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति मुकुल आचार्य , नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ, महिला संघ अध्यक्ष कमला पराजुली, युवा नेता उमेश चन्द्र यादव लगायतले सरकार एकलौटी रुपमा अगाडी बढेको र जनादेश को अपमान गरेकाले संसद पुनःस्थापना नहुन्जेल चरणबद्ध रुपमा आन्दोलन जारी रहने बताए। त्यस गरि परासीको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल , जिल्ला सभापति बिष्णु पाैडेल, सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरी , नेपाली काङ्ग्रेस क्षेत्र नं २ (ख ) का सभापति दिनेशमणि पटेल , नेपाली काङ्ग्रेस क्षेत्र नं २ का सभापति तथा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता लगायतले बाेल्नु भएकाे थियाे ।
सम्बन्धित भिडियो यो पनि हेरौं :






