गृहपृष्ठ ट्रकले स्कुटरलाई ठक्कर दिदा एक दम्पति गम्भीर घाइते
ट्रकले स्कुटरलाई ठक्कर दिदा एक दम्पति गम्भीर घाइते
रुपन्देहीको तिलोत्तमा नगरपालिका नयामिल स्थित हाइवे सडकमा ट्रकले ठक्कर दिदा स्कुटीमा सवार २ जना गम्भीर घाइते भएका छन्। बुटवलबाट भैरहवा जादै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटीलाइ ठक्कर दिदा तिलोत्तमा-११ निवासी रनबहादुर खड्का र उनकी धर्मपत्नी सावित्रा खड्का गम्भीर घाइते भएका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका दम्पत्तिलाई क्रिम्सन अस्पतालमा उपचार भैरहेको अस्पतालबाट इलाका प्रहरी कार्यालय मंगलापुरका हरिहर उपाध्यायले बताए। अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। ट्रक चालक र ट्रक भने अहिले मंगलापुर नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ। दुर्घटना के कसरि भयो भन्ने बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।






