२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ आज पश्चिम नवलपरासीमा दुई वर्षकी बालिका सहित ४ जनामा कोरोना संक्रमण पुष्टि

आज पश्चिम नवलपरासीमा दुई वर्षकी बालिका सहित ४ जनामा कोरोना संक्रमण पुष्टि

पश्चिम नवलपरासीमा आज दुई वर्षकी बालिका सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोेगशालामा गरीएको परिक्षणमा सुनवल नगरपालिकाका २, बर्दघाट नगरपालिकाका १ र सुस्ता गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लाको सुनवल नगरपालिका वडा नम्बर १ की २ वर्षकी बालिका र ६१ वर्षकी महिला, बर्दघाट नगरपालिका वडा नम्बर ४ की ३३ वर्षकी महिला र सुस्ता गाउँपालिका वडा नम्बर २ की ३८ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । आज थपिएकासगैँ जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ११ पुगेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । जिल्लामा ५० जना सक्रिय संक्रमित होमआईसोलेशनमा रहेका छन् ।

यस्तै जिल्लाको रामग्राम नगरपालिका बाट १ , सुनवल नगरपालिकाबाट ४ र सुस्ता गाउँपालिकाबाट २ जना गरी ७ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको छ । जिल्लमा हालसम्म ३१ जना संक्रमितको मृत्यु भएको छ ।

यो गीत पनि हेरौं :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार