गृहपृष्ठ नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखा अन्तरगत बुटवल क्षेत्रका ब्यवसायीहरुको विहिबार खुद्रा भेला सम्पन्न
नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखा अन्तरगत बुटवल क्षेत्रका ब्यवसायीहरुको विहिबार खुद्रा भेला सम्पन्न
नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखा अन्तरगत बुटवल क्षेत्रका ब्यवसायीहरुलाई विहिबार बुटवलमा खुद्रा भेला सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय उपाध्यक्ष (खुद्रा) रामप्रसाद खरेलले केवल नाफा कमाउने र बिक्रि गर्ने कामसंगै ब्यवसायीहरु आन्तरिक ब्यवस्थापनमा जोड दिन सुझाव दिए । खुला सिमाका कारण भारतिय औषधीको दबदबा बजारमा रहेको उनले बताए । यसैगरि होलसेल विक्रेता र खुद्रा औषधी विक्रेताहरु बिच द्वन्द्वले आम उपभोक्ता मर्कामा पर्ने उनले बताए ।खुद्रा औषधी ब्यवसायीहरु पेशाप्रति वफादार, ब्यवस्थित र उत्तरदायी बन्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले सुझाव दिएका छन ।
रुपन्देहीमा हरेकजसो क्षेत्रमा फरकफरक समस्याहरु रहेको संघका अध्यक्ष सुरज भट्टराईले बताए । पछिल्लोसमय रुपन्देहीका विभिन्न स्थानमा गरिएको अन्तरक्रियाको क्रममा लुम्बिनी क्षेत्रमा झोले चिकित्सक, भैरहवा क्षेत्रमा भारतिय औषधी लगायतको समस्या देखिएको उनले बताए । संघका विशेष सल्लाहकार लोकहरि श्रेष्ठ, डा.रोहितराज क्षेत्री, सल्लाहकार बैकुण्ठ कोईराला, महासचिव पुरुषोत्तम भट्टराईले पेशालाई संगठित, ब्यवस्थित र मर्यादित बनाउन सुझाव दिए । मुख्य रुपमा सामाजिक समस्या, एकआपसमा ब्यवसायी बिच द्वन्दको समस्या, खुद्रा र थोक ब्यवसायी बिच समस्या तथा नितिगत समस्या गरि ४ प्रकारका समस्या अहिले देखिएको उनिहरु बताउछन ।
फुट सप्लिमेन्ट्री र कस्मेटिक औषधी विक्रिमा विरामीहरु डिस्काउन्ट, औषधीको म्याद सकिने लगायतका समस्यालाई समाधानका बाटा खोल्न उनिहरुको सुझाव छ ।कतिपय कस्मेटिक उपचार र औषधी राख्नुपर्ने बाध्यता रहेपनि यसबाट फाईदा नहुने उनिहरु बताए ।गुणयुक्त असरयुक्त, जनसुरक्षित औषधीको आपुर्ति, हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको संघले ब्यवसायिक हितका लागि क्षेत्रगत ४ वटा भेला, सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान, आर्थिक सहयोग लगायतका कार्यक्रमहरु गरेको छ






