२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पश्चिम नवलपरासीमा आज थप २ जनामा काराेना संक्रमण पुष्टि ।।

पश्चिम नवलपरासीमा आज थप २ जनामा काराेना संक्रमण पुष्टि ।।

पश्चिम नवलपरासीमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बर्दघाट र सुनवल नगरपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १० की ३१ वर्षकी महिला र सुनवल नगरपालिका वडा नम्बर ४ की १७ वर्षकी किशोरीमा संक्रमण पुष्टि भएको हो । आज थपिएकासगैँ जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २० पुगेको छ । जसमध्ये अधिकांश निको भएका छन् । जिल्लामा अब ३७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३५ जना होमआईसोलेशनमा रहेका छन् भने २ जना कोभिड अस्पातालमा रहेका स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै जिल्लामा हालसम्म ३२ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार