२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ प्रताप दास र सपना घिमिरेको “मेरो रातो गलबन्दी” गीत सार्बजनिक (भिडियो सहित)

प्रताप दास र सपना घिमिरेको “मेरो रातो गलबन्दी” गीत सार्बजनिक (भिडियो सहित)

मेरो रातो गलबन्दी बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । नेपाल आइडलबाट लोकप्रियता कमाएका गायक प्रताप दास र सपना घिमिरेको स्वरमा रहेको गीतमा शब्द तथा संगीत सृजना पनि गायिका सपनाकै रहेको छ ।

लोकप्रिय संगीतकार सुदिप सागरको एरेन्ज रहेको गीतमा पछिल्लो समयका लोकप्रिय हाँस्य टेलिशृखला सक्किगोनीका चर्चित कलाकार सागर लम्साल “बले” र हल्का रमाइलोका राजु मास्टर र मरिमान श्रेष्ठ “बल्छी” को अभिनय देख्न सकिन्छ । भिडियोमा सागरसँग टिकटकबाट लोकप्रियता कमाएका सुन्दरी दिदी बहिनीद्धय समारिका र स्मारिका दाहालको अभिनय देख्न सकिन्छ । राम्री युवतीलाई देख्दा आफ्नो रातो गलबन्दी हराएको पत्ता नपाएका बले र सुन्दरी दिदीबहिनीद्धय समारिका र स्मारिकासँग रमाइलो प्रेम कथालाई देखाइएको छमछम नचाउने भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार