गृहपृष्ठ भैरबनाथको दर्शन गरि हेर्नुहोस २०७७ माघ ४ गतेदेखि ११ गतेसम्मको साप्ताहिक राशिफल
भैरबनाथको दर्शन गरि हेर्नुहोस २०७७ माघ ४ गतेदेखि ११ गतेसम्मको साप्ताहिक राशिफल
मेष : उत्तम समय छ । राजनीतिक क्षेत्रमा राम्रो छ। कारोबारमा फाइदा होला।गरिएको काम बाट सन्तुष्टि मिल्ने छ । शुभ समाचार सुन्न पाइने छ।आकस्मिक यात्रा हुनेछ । मन प्रसन्न रहने छ।
वृष : सामान्य समय छ । अनावश्यक खर्च बढ्न सक्छ । पारिवारिक विवादले सताउन सक्छ । बुधबार पछिका दिन राम्रो छ । भाग्योदयको योग छ। प्रेम प्रस्ताव आउन सक्छ।
मिथुन : उत्तम समय छ। धर्म तथा अध्यात्ममा रुची बढ्नेछ । ब्यापार व्यवसायबाट फाइदा होला , मिष्टान भोजन प्राप्ति हुनेछ । मान प्रतिष्ठामा वृद्धि होला।परिक्षा सफल हुनेछ ।
कर्कट : राम्रो समय छ। धन,धर्म , प्रतिष्ठा बढ्ने छ। कृषि तथा ब्यापार बाट फाइदा हुनेछ । घरमा शुभ कार्य सम्पन्न होला । बिपरित लिङ्गी को सहयोग मिल्ने छ। मुद्दा मामिलामा फैसला तपाईंको पक्षमा हुनेछ।
सिंह: अनुकुल समय छ । रोकिएको धन हाता पर्ने छ ।आफन्तको सहयोगले कार्य सम्पादन हुनेछ । मन प्रसन्न रहने छ । धार्मिक यात्राको योग छ। ब्यापारमा फाइदा हुनेछ । पारिवारिक सुखशान्ती मिल्ने छ । स्वास्थ्यमा भने केहि चुनौती सामना गर्नु पर्नेछ ।
कन्या: तपाईंको लागी यो समय आफ्नो पक्षमा रहेको छ। जागीर नोकरीमा पदोन्नति हुनेछ । प्रेममा सफलता मिल्नुका साथै कारोबारमा फाइदा हुनेछ । आत्म सन्तुष्टि मिल्नेछ ।आफन्तसंग भेटघाट हुनेछ ।
तुला: समय सामन्य छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । ९ गतेपछि राम्रो समय छ । पठनपाठन तथा लेखन कार्य मा रुचि बढ्ने छ। प्रेममा सफलता मिल्ने छ।
वृश्चिक : तपाईंकोलागि यो समय निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ । सभासम्मेलनमा सहभागी हुने योग छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ। ब्यापारमा फाइदा हुनेछ ६ गतेपछि केहि चुनौती देखा पाईने छ्न् ।
धनु : सामान्य समय छ । आय ब्याय बराबर हुनेछ ।आफन्तबाट धोका हुन सक्छ । पारिवारिक बिवाद बढ्न सक्छ।बुधबार पछिका दिन राम्रा छ । लक्षित लक्ष्य पुर्ती हुनेछ। स्वास्थमा सुधार आउने छ। गरिएका काम बाट सन्तुष्टि मिल्ने देखिन्छ । मन प्रसन्न रहने छ।
मकर : भाग्योदयको समय छ। धर्मकर्म प्रति रूचि बढ्ने छ। सभा सम्मेलन सहभागी हुने योग छ । रोजगारमा पदोन्नति हुनेछ। शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ। ४ गते पछि कार्यमा केहि चुनौती सामना गर्नु पर्ला । स्वास्थमा समस्य आउन सक्छ ।
कुम्भ: राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ।बिद्यामा प्रगति हुनेछ । सन्तान पक्षबाट सहयोग मिल्ने छ । खानपिनमा रुचि बढ्ने छ । धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ।
मीन : समय मध्यम छ । आय ब्याय बराबर हुनेछ । ब्यापारमा केहि नोक्सानी बेहोर्नु पर्नेछ । आफन्त भनिएका बाटै धोका हुनेछ , ८ गतेपछि राम्रो समय आउने छ । आट उत्साह बढ्ने छ। परिक्षा सफल हुनेछ ।
प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री) अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र ति.न. पा. १ नयाँमिलचोक रूपन्देही सम्पर्क : ९८५७०३५४६१




