२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ नेपालमा गत २४ घन्टामा थप ३२२ जनामा काेराेना सङ्क्रमण पुस्टि, ३७४ जना डिस्चार्ज

नेपालमा गत २४ घन्टामा थप ३२२ जनामा काेराेना सङ्क्रमण पुस्टि, ३७४ जना डिस्चार्ज

नेपालमा सोमबारसम्म कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार आठ सय ६१ रहेको छ । गत २४ घण्टामा थप तीन सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ७४ जना कोरोनामुक्त भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख ६१ हजार आठ सय १८ पुगेको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ६७ हजार ६ सय ४४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै गत २४ घण्टामा ६ जनाको ज्यान गएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार