गृहपृष्ठ सर्जक सियारा आचार्यको सृजनामा ” प्रेरणा दियौ ” नामक गीत बजारमा (भिडीयोसहित)
सर्जक सियारा आचार्यको सृजनामा ” प्रेरणा दियौ ” नामक गीत बजारमा (भिडीयोसहित)
सर्जक सियारा आचार्यको सृजनामा प्रेरणा दियौ नामक गीत बजारमा आएको छ । प्रेरणा एल्बममा संग्रहित गीतको म्युजिक भिडियो ओसिस मिडियाको प्रस्तुतिमा बजारमा आएको हो । उक्त गीतमा बरिष्ठ गायक नरेन्द्र प्यासीको सुमधुर स्वर सुन्न सकिन्छ ।
ओएसआर डिजिटल मार्फत सार्बजनिक भएको गीतमा विपिन घिमिरेको संगीत रहेको छ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको रमणिय स्थानहरुमा छायाँकन गरिएको गीतको म्युजिक भिडियोमा सुनिल थापा र निसा खड्काको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन जीवन राज टण्डनले गरेका हुन् भने छायांकन तिलक गौतम र सम्पादन मेख थापाले गरेका छन् । श्रृंगारीक रसको उक्त गीतको भिडियोले प्रेमिल जोडीको कथा रहेको छ ।
हेर्नुहोस गीतको पुरा भिडियो :





