गृहपृष्ठ बालमैत्री स्थानीय शासनमा रामग्रामको तीव्रता; जनचेतनाका लागी वडा स्तरीय र्याली
बालमैत्री स्थानीय शासनमा रामग्रामको तीव्रता; जनचेतनाका लागी वडा स्तरीय र्याली
बालमैत्री स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ । आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ ।
रामग्राम नगरपालिका वडा न १७ को वडा बाल सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिका काे सहयाेगमा बाल मैत्री स्थानीय शाशन सम्बन्धित र्याली कार्यक्रम गरिएको छ। रामग्राम नगरपालिका वडा न: १७ देवगाउ को प्रत्येक टोल टोल बाट निकालेको र्याली जनता मा वि देवगाउ मा समापन गरिएको थियो ।
वडा बाल सञ्जाल का कोषाध्यक्ष शिवचन्द्रन गुप्ता काे अध्यक्षता तथा रामग्राम नगरपालिका वार्ड नं १७ को वडा सदस्य चित्रभान त्रिपाठी काे प्रमुख आतिथ्यता तथा रामग्राम नगरपालिका वार्ड नं १७ को वडा सदस्य फुलिया देवी चमार को विशिष्ट आथित्यता तथा श्री कोटही बालक्लब को अध्यक्ष अभुश यादव , जनता मा वि देवगाउ का क.स राकेश बनिया , श्री कोटहि बाल क्लब को सल्लाहकार पुजा हरिजन पत्रकार ज्ञानेश्वर सहानी लगायतको व्यक्ति आतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा बाल सञ्जालका सचिव शोभा यादवले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक समाजिक परिचालीका बिन्दु कुमारी गुप्ता गरेका थिए ।





