२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाखभन्दा बढी

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाखभन्दा बढी

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ ।देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।गएको वर्षको चैतदेखि कोभिड-१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सेवाग्राहीले २४ घण्टा नै र हप्तामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । गएको पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकैपटक भीड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन् ।

काठमाण्डाै उपत्यकामा वाग्मती प्रदेश सरकारले एकान्तकुनासँगै चावहिल, सानो भर्‍याङ र जगातीमा रहेका कार्यालयमा परीक्षा दिने ठाउँको व्यवस्थापन गरेको छ । @सैनामैनाखबर

यो पनि हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार