२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ दोस्रो तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

दोस्रो तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने दोस्रो तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । रनिङ शिल्ड प्रतियोगिता तिलोत्तमा–४ जनज्योति क्लबको खेल मैदानमा सञ्चालन हुने र सबै तयारी पूरा भएको नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले बताए । प्रतियोगितामा नगरभित्रका सरकारी १५ र संस्थागत १७ गरी ३२ विद्यालयका करिब ३ हजार छात्रछात्राले विभिन्न १७ विधामा प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका सदस्य दीपक खनालले जानकारी दिए ।

रनिङ शिल्ड अन्तर्गत हुने प्रतियोगितामध्ये एथलेटिक्स तर्फका खेलको रेफ्री संयोजक मोहन घले,भलिबलको किसन चन्द र कबड्डीको दिनेश आचार्यले नेतृत्व गर्ने खनालले बताए । तीन दिनसम्म चल्ने प्रतियोगितालाई नगर खेलकुद विकास समितिले खेलकुद महोत्सवका रुपमा मनाउने गरेको अध्यक्ष गुरुङले बताए । कोरोना महामारीपछि नगर खेलकुद विकास समितिको यो छैठौं प्रतियोगिता हो । रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई जिल्लाभित्र हुने अन्तर पालिकास्तरीय खेल प्रतियोगितामा सहभागी गराइने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार