गृहपृष्ठ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्न धुर्मुस सुन्तली फाउन्डेसनले नयाँ अभियानको घोषणा
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्न धुर्मुस सुन्तली फाउन्डेसनले नयाँ अभियानको घोषणा
चितवनको भरतपुर नगरपालिका वडा नं. १५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्न धुर्मुस सुन्तली फाउन्डेसनले नयाँ अभियानको घोषणा गरेको छ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै फाउन्डेसनले ‘हाम्रो रंगशाला मेरो कुर्सि’ अभियान सुरु गरेको हो । यो अभियामा १ लाख रुपैयाँ सहयोग गरेको खण्डमा रंगशालाको एक कुर्सिलाई दाताले आफ्नो नामको बनाउन सक्नेछन् ।
निर्माणाधीन रंगशाला ३० हजार सिट क्षमताको हुनेछ जसबाट १ लाखको दरले यो अभियान मार्फत फाउन्डेसनले ३ अर्ब रुपैयाँ संकलन गर्ने उद्देश्य राखेको छ। व्यक्ति मात्र नभई आफ्नो परिवार, क्लब, संस्था लगायत समुहले पनि ‘हाम्रो रंगशाला मेरो कुर्सि’ अभियान मार्फत सहयोग गर्न सक्नेछन् ।

पत्रकार सम्मेलनमा अभियानको घोषणा गर्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले समाज र अन्य संघ संस्थालाई रंगशाला निर्माण अभियानसंग जोड्न यो अभियानको थालनी गरीएको बताए । कार्यक्रममा यो अभियानलाई सहयोग गर्नको लागि याप समेत सार्वजनिक गरिएको थियो जुन संचालनमा आउन १ महिना समय लाग्नेछ। उक्त यापबाटै ‘हाम्रो रंगशाला मेरो कुर्सि’ मा दाताहरुले सहयोग गर्न सक्नेछ ।

रंगशालामा ७ वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरि छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ। ‘हाम्रो रंगशाला मेरो कुर्सि’ मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था गरिएको छ ।
परियोजनामा हालसम्म ३० प्रतिशत काम सम्पन्न भैसकेको तथा मैदानको काम ८५ प्रतिशत भैसकेको फाउन्डेसनले बताएको छ ।





