२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ ६० करोडको आईपीओ निष्कासन गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

६० करोडको आईपीओ निष्कासन गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्याकडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराउनुभएको थियो ।
अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
सभाले अध्यक्ष द्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ।व। २०७५र७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गर्योन । सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित हुनु भएको घोषणा गरिएको थियो ।
त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीका संचालक शुरेश सापकोटाले सभाको अन्त्यमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । @अर्थ संसार

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार