गृहपृष्ठ लगानीकर्ताको लागि आयो निकै खुसीको खबर हेर्नुहोस, यी १२ कम्पनीको आईपीओ छिट्टै बजारमा आउँदै
लगानीकर्ताको लागि आयो निकै खुसीको खबर हेर्नुहोस, यी १२ कम्पनीको आईपीओ छिट्टै बजारमा आउँदै
अब छिट्टै १२ वटा कम्पनीहरु प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेका छन् । जसमध्ये १ वटा कम्पनीले नियामक निकाय धितोपत्र बोर्ड (सेबोन)बाट आईपीओ निष्कासनको अनुमति पाइसकेको छ भने बाँकी ११ वटा कम्पनीहरु अनुमतिको पर्खाइमा बोर्डको ढोकामा रहेका छन् ।
पछिल्लो समय नेपाली सेयर बजारमा उत्साह थपिंदै गइरहेको छ । सेयर बजारले दिनहुँजसो नयाँ रेकर्ड बनाउन थालेको छ भने लगानीकर्ताहरू पनि उत्साहित बनेर लगानी गर्न थालेका छन् । बजारमा नयाँ लगानीकर्ताहरूको थपिने क्रम पनि छ । प्राथमिक सेयर यसै पनि थोरै पैसा लगानी गरे पनि पुग्ने र थोरै पैसा लगानी गरेरै मनग्य कमाउन सकिने १ त्यसैले पछिल्लो पुस्ता सेयर बजारमा आकर्षित बन्न थालेका छन् ।
प्राथमिक बजारमा लगानी गर्नको लागि पछिल्लो समय हितग्राही खाता (डिम्याट अकाउन्ट) खोल्नेहरुको बैंकमा भिड नै लाग्ने गरेको छ । पछिल्लो समय आईपीओमा माग गरिएभन्दा बढी आवेदन पर्न थालेको छ । हालै मात्र निष्कासन भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा ६२.४९ गुणा बढी आवेदन परेको छ । जुन माग गरिएभन्दा धेरै आवेदन परेको हलासम्म्मकै उच्च हो यसबाट नै प्रष्ट हुन्छ पछिल्लो समय सेयर बजारमा बढेको क्रेज ।
आईपीओ निष्कासन गर्न लागेका १२ वटा कम्पनी यस प्रकारका छन् :
१. ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाइसकेको छ । बोर्डले फागुन ७ गते शुक्रबार कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
२. साहस उर्जा कम्पनी लिमिटेड
साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर ९ आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोनमा० निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
३. सामलिङ्ग पावर कम्पनी लिमिटेड
सामलिङ्ग पावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५० करोड रूपैयाँ बराबरको ५० लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते, सोमबार सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले साधारण सेयर ९आइपिओ० निष्कासन गर्न प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई र निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत गरिएको छ ।
४. बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड
बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर ९ आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ८ गते, बिहीबार सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
५. हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।
६. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
७। डिस मिडिया नेटवर्क लिमिटेड
डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २९ गते सोमबार सेबोनमा निवेदन पेश गरेको हो । उक्त साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
८. सिबिआइएल क्यापिटल लिमिटेड
सिबिआइएल क्यापिटल लिमिटेडले ३ करोड रूपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल वैशाख १९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।
९. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर ९ आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
१०. मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड
मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरको १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर ९ आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
११. न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोनमा० निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
१२. सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । @अर्थ संसार





