गृहपृष्ठ ” अधिवक्ता खडायतको देउडा गीत विमोचन “
” अधिवक्ता खडायतको देउडा गीत विमोचन “
देउडा गायक हर्क खडायतकाे “बाजुरा घाम छ कि” नामक देउडा गीतकाे म्युजिक भिडियाे एक औपचारिक कार्यक्रमका बिच मार्तडीमा विमाेचन गरिएको छ । बाजुरा जिल्लाका पुर्विउत्तरी क्षेत्रकाे कूरूका विभिन्न ठाउँ तथा महेन्द्रनगरमा छायांकन गरिएकाे उक्त म्युजिक भिडियाेकाे मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले भिडियाेलाई प्राेजेक्टरकाे पर्दामा देखाएर विमाेचन गरेका हुन् ।
राजेन्द्र शाह विपिको शब्दमा तयार भएको सो गीतमा चर्चित एरेन्जर विनाेद बाजुरालीकाे म्युजिक एरेन्ज, हर्क खडायत र शान्तिश्री परियारको स्वर रहेकाे छ । गीतकाे भिडियाेलाई डिवि रौलेले छायांकन गरेका छन् भने भिम थापाले निर्देशन गरेका हुन् । उक्त गीत शुक्रबार खप्तड डिजिटलकाे युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे हाे ।
सुदूर साहित्य प्रतिष्ठानकाे आयाेजनामा गरिएकाे उक्त देउडा गीतकाे म्युजिक भिडियाे विमाेचन कार्यक्रममा प्रमुख अतिथि मालिका माविका प्राचार्य शुभराज पाध्याय रहेका थिए । कार्यक्रममा जनक बाेहाेरा, पुरबहादुर रावत, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह, कृष्ण ओली कलाकार प्रकाश थापा, हर्क खडायत लगायत करिब चालीस जनाकाे सहभागिता रहेकाे थियाे ।
पुरा भिडियो हेर्नुहोस :





