२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ चौधौं गोलबजार मेयर गोल्ड कप २०७७ सुरु

चौधौं गोलबजार मेयर गोल्ड कप २०७७ सुरु

महेश सिंह,सिरहा लहान,२२ फाल्गुन ।

सिरहाको गोलबजार नगरपालिकामा चौधौं गोलबजार मेयर गोल्डकप २०७७ सुरु भएको छ ।पालिकाको उपमेयर रेशम थापाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा गोलबजार नगरपालीकाकी मेयर देबनाथ शाहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल र चोहर्वा बाहिनीपति सहायक रथी हेम राज केसी लगायत सयौं अतिथिहरुको सहभागीता रहेको थियो। स्वास्थका लागी खेलकुद राष्ट्रका लागि खेलकुद मुलनाराको साथ खेल सुरु गरेको हो। कार्यक्रम को संचालन कसम लामाले गरेका थिए भने खेलका अध्यक्ष संजित लामाले बताए ।

सिरहा, सप्तरी र धनुषाको सबैभन्दा ठुलो पुरुस्कारको खेल गोलबजारमा हुने भएको स्थानीयले बताए । प्रथम पुरुस्कार नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैया र दोस्रो पुरुस्कार २ लाख ७५ हजार ५ सय ५५ पचवंन रुपैया रहेको छ ।

खेल २१ गते देखि सुरु भएको छ भने २८ गते फाईनल खेल हुने भएको छ उक्त खेलमा ८ वटा टिम भाग लिएको छ । सुरुको खेल काठमाडौं त्रिभुवन कलब र जलथल फुटबल कलब झापा बीच प्रतिस्पर्धा हुने भएको आयोजक ले बताउनुभयो । खेल हेर्न हजारौं दर्शकहरुको भिड रहेको थियोे । खेल स्थलमा डसटबिन र शौचालयको ब्यबस्था नरहेको देखिएको छ ।

जथाभावी दिसापिसाब गर्दा महामारीको रुप लिने जोखिम रहेको छ । खाने पानि, सौचालय र फोर को लागी डसटबिन समेत न रहेको हो गोलबजार नगरपालिकाले अबिल यो कुरामा ध्यानाकर्षण होस र महामरीको जोखिमबाट बच्न स्थानीयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार