२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ति मगरको खुट्टाको चोटको सफल शल्यक्रिया

राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ति मगरको खुट्टाको चोटको सफल शल्यक्रिया

कतारस्थित अस्पेटार अस्पतालमा मंगलबार राष्ट्रिय फुटबल टिमका फरवार्ड विमलको सफल खुट्टाको चोटको  शल्यक्रिया  गरिएको छ ।

घुँडाको गम्भीर चोट बोकेपछि उपचारका लागि विमल कतार गएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतार फुटबल एसोसियसनको सहयोगमा विमलको कतारमा शल्यक्रिया गरिएको हो ।

राष्ट्रिय टिमको प्रशिक्षण दौरान विमलले चोट बोकेका थिए । उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको थियो ।

यस अघि राष्ट्रिय टोलीका मिडफिल्डर बिक्रम लामाको सफल शल्यक्रिया भईसकेको छ ।

कोरोना र अन्य विरामीको चापको कारणले विमलको शल्यक्रियामा ढिलाई भएको हो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार