२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा काठमाडौं मेयर-११ लाई १ सय ३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

टियु क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले ३१ ओभर २ बलमा अलआउट हुँदै ९४ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए । यस्तै कृष्ण कार्कीले १९ रन जोड्दा सिद्दान्त लोहनीले १८ रन जोडे ।

काठमाडौंका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

No description available.

काठमाडौंलाई सस्तैमा समेट्न पुलिसका पवन सर्राफले ४ विकेट लिए । उनले मात्र १६ रन खर्चिए ।

यस्तै दिपेन्द्र सिंह ऐरीले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो ।

पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । ५५ बलमा उनले ४ चौका प्रहार गरे ।

यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए ।

दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट भए ।

काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले ३/३ विकेट लिए ।

No description available.

प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो ।

यस जितसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्दै फाइनलमा पुगेको हो ।

पुलिस तालिकाको शीर्ष स्थानमा समेत रहेको छ ।

पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो ।

काठमाडौंको यो दोस्रो हार हो । काठमाडौंले ३ खेलमा २ अंक जोडेको छ ।

तेस्रो स्थानको रहेको काठमाडौंको पनि फाइनल पुग्ने सम्भावना रहेको छ ।

पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।

No description available.

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार