गृहपृष्ठ बागमती प्रदेशले काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा जित
बागमती प्रदेशले काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा जित
बिहीबार भएको खेलमा बागमतीले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १० रनले पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मी ४७ ओभर १ अबलम अलआउट हुँदै २ सय ५६ रनमा समेटियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले १ सय १९ रनको शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । ९६ बलमा शतक पूरा गरेका विनोदले १ सय १४ बलमा ८ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै लोकेश बमले ४६ रन जोड्दा करण केसीले २४ रन बनाए । रोहित पौडेल १५ रनमा आउट भए ।
बागमतीका आरियो पौडेलले ५ विकेट लिए । रामनरेश गिरिको नाममा २ विकेट रह्यो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६६ रन बनाएको थियो ।
बागमतीका लागि पारस खड्काले १ सय १९ रनको शतकीय इनिङ्स खेले । १ सय २२ बलमा शतक पूरा गरेका पारसले १ सय ३३ बलमा ११ चौका र २ छक्का प्रहार गरे ।

यस्तै नन्दन यादवले अविजित रहदै ४२ रन बनाए । त्यसबाहेक इशान पाण्डेले २६ रन जोड्दा आदील खानले २१ रन बनाए ।
पृथु बास्कोटा १२ रनमा आउट भए ।
आर्मीका सोमपाल कामीले ५ विकेट लिए । बिक्रम सोब, जितेन्द्र मुखिया, शाहब आलम र करण केसीले १/१ विकेट लिए ।
यस जितसँगै बागमतीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।
बागमतीले ४ खेलमा ४ अंक जोड्यो । बागमती तेस्रो स्थानमा रह्यो ।
आर्मीले ४ खेलमा २ अंक जोड्यो ।





