२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ ग्रीन लाइफको आईपीओले यति पाउने भयो ओपनिङ्ग रेञ्ज ?

ग्रीन लाइफको आईपीओले यति पाउने भयो ओपनिङ्ग रेञ्ज ?

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचिकृत हुने भएको छ । यस सातामा अब भोलि मात्र बाँकी रहेको हुनाले । सम्भवत कम्पनीको आईपीओ भोलि शुक्रबार नेप्सेमा सूचिकृत हुनेछ । कम्पनीको कारोबार दोश्रो बजारमा अर्को सातादेखि हुने तयारी गरिएको छ ।
हाल अधिकांश लगानीकर्ताहरूमा ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओले ओपनिङ्ग रेञ्ज कति पाउला रु दोश्रो बजारमा कम्पनीको मूल्य कतिसम्म पुग्ला रु जस्ता हुन् । त्यसैले, आज यहाँ हामी प्राय सबै लगानीकर्ताहरूमा चासोको विषय बनेको ग्रीन लाइफ हाइड्रोपावरको ओपनिङ्ग रेञ्जको विषयमा कुरा गर्नेछौँ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम मूल्य ९९ रूपैयाँ ६७ पैसादेखि अधिकतम २९९ रूपैयाँ एक पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।सेबोनमा प्रकाशन भएको विवरण पत्र अनुसार ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६र ७७ को प्रतिसेयर नेटवर्थ ९९ रूपैयाँ ६७ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २९९ रूपैयाँ एक पैसा हुन्छ ।

कम्पनीले माघ २३ गते, शुक्रबारदेखि माघ २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्दा भाग्यमानी २ जनाले थप १र१ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका थिए । @ARTHASANSAR

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार