२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने

फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने

 

एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रबार नेपालको समूह समूह ‘बी’ का खेलहरु कुवेतमा हुने जनाएको छ ।

कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागिएको हो ।छनोटको बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।

छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । यस अघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।

समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।

चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

छनोट अन्तर्गत समूह ‘ए’ को बाँकी खेल चीन, समूह ‘सी’ को बहराइन, समूह ‘डी’ को साउदी अरेबिया, समूह ‘ई’ को कतार, समूह ‘एफ’ को जापान, समूह ‘जी’ को युएई र समूह ‘एच’ दक्षिण कोरियामा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार