२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ घरेलु टिम भारतविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डको जित

घरेलु टिम भारतविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डको जित

एजेन्सी |

अहमदाबादमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ ।

भारतले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जासन रोयले ४९ रन जोड्दा जोस बटलरले २० रन बनाए ।

जोनी बेयर्स्टोले अविजित २६ रन बनाए । डाविड मालन २४ रनमा अविजित रहे ।

भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।

भारतका श्रेयस एयरले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै ऋषव पन्तले २१ रन जोड्दा हार्दिक पाण्डयले १९ रन बनाए ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार