२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ घरेलु टिम भारतविरुद्धको तेस्रो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डको जित

घरेलु टिम भारतविरुद्धको तेस्रो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डको जित

एजेन्सी । घरेलु टिम भारतविरुद्धको तेस्रो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ ।

अहमदाबादमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

यस जितसँगै ५ खेलको सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता बनाएको छ ।

भारतले दिएको १ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जोस बट्लरले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका उनले ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै जोनी बेयर्स्टोले २८ बलमा ५ चौकासहित अविजित रहदै ४० रन बनाए । डाविड मालन १८ रनमा आउट हुँदा जासन रोयले ९ रन बनाए ।

भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि कप्तान विराट कोहलीले अविजित रहदै ७७ रन बनाए ।

यस्तै ऋषव पन्तले २५ रन जोड्दा हार्दिक पाण्डयले १७ रन बनाए । रोहित शर्मा १५ रनमा आउट भए ।

इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । यस्तै क्रिस जोर्डनको नाममा २ विकेट रह्यो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार