२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ भारतले चौंथो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डलाई पराजित

भारतले चौंथो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डलाई पराजित

एजेन्सी । घरेलु टिम भारतले चौंथो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गरेको छ ।

अहमदाबादमा बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो ।

भारतको जितसँगै ५ खेलको सिरिज २-२ को स्थितिमा पुगेको छ । अब सिरिज विजेताको निर्णय अन्तिम खेलले तय गर्नेछ ।

भारतले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए । यस्तै जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे ।

डाविड मालन १४ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चर १८ रनमा अविजित रहदा क्रिस जोर्डन १२ रनमा आउट भए ।

भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै हार्दिक पाण्डय र राहुल चहलले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

भारतका लागि सुर्य कुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

 

यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए ।

केएल राहुल १४, रोहित शर्मा १२, हार्दिक पाण्डय ११ रनमा आउट हुँदा शार्दुल ठाकुरले अविजित १० रन बनाए । कप्तान विराट कोहली १ रनमा आउट भए ।

इंग्ल्यान्डका जोफ्रा आर्चर ४ विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार