गृहपृष्ठ ३ सय ३४ सिसिको जाभा पेराक बुटवलमा
३ सय ३४ सिसिको जाभा पेराक बुटवलमा
उदयमान, बुटवल, चैत ६ ।
बहुप्रतिक्षित मोटरासाईकल जाभाको पेराक मोटरसाईकल देशभर लन्च गरिएको छ । देशभरका सोरुम हरुमा एकै पटक लन्च गरिएको यो मोटरसाईकलको बुटवलमा पनि विक्रि शुभारम्भ गरिएको छ । बुटवल कालिकानगरमा रहेको अमिरा टे«डीङ्ग प्रालि मा विक्रि शुभारम्भ गरिउको हो । बुटवलमा ड्रिमल्याण्ड गोल्ड रिर्जोटका अध्यक्ष तथा उद्यमी गोपाल राना, सोनालिका ट्रेक्ट्रस भैरहवाका सञ्चालक दिनेश शर्मा, अमिरा टेडीङ्गका सञ्चालक नरेश जिसीले संयुक्त रुपमा सुरुवात गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गोपाल रानाले व्यवसायीक सफलताको शुभकामना दिदै युवाहरुको नयाँ सोँचमा तयार भएको उक्त बाईको सफलताको समेत कामना दिए । जाभा पेराक को ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालका लागि जावा बाइकको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा पेराक बाइक भित्र्याएको हो । अमिरा ट्रेडीङ्ग प्रालिका मेनेजर नमिता अधिकारीले विक्रि पछिको सेवा सुविधाका साथै सर्भिस सेन्टर पनिरहेको कारण यसमा कुनै पनि द्वविधा नभएको बताईन । जावा पेराक एक बबर स्टाइल बाइक हो ।
नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअल च्यानल एबीएसका साथ दुवैतिर डिस्क ब्रेक दिइएको छ । बइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् । नेपाली बजारमा पहिले देखि नै दुई मोडलका बाइक जावा क्लासिक र जावा फोर्टी टु उपलब्ध छन् ।





