गृहपृष्ठ ब्राहमण समाज नेपाल रुपन्देही क्षेत्र नं. ५ को अध्यक्षमा सुदर्शन भट्टराई
ब्राहमण समाज नेपाल रुपन्देही क्षेत्र नं. ५ को अध्यक्षमा सुदर्शन भट्टराई
सुरेश परियार,रुपन्देही,चैत्र ६ ।
ब्राहमण समाज नेपाल रुपन्देही क्षेत्र नं.५को प्रथम अधिबेशन तथा साधारण सभा आज सम्पन्न भएको छ । अधिबेशनले सुदर्शन भट्टराईको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सावित्रा घिमिरे पोख्रेल,सचिबमा सागर लम्साल,कोषाध्यक्षमा ऋषिराम अधिकारी र सदस्यहरुमा राम प्रसाद घिमिरे,रिता भुर्तेल,लालमणी ज्ञवाली,मोतिलाल अधिकारी,कृष्णदेव घिमिरे,विष्णु अधिकारी रहनुभएको छ ।
ब्राहमण समाज नेपाल रुपन्देही सदस्य तथा संसदीय निर्वाचन क्षेत्र नं ५ का सयोजक तिर्थ प्रसाद भुषालको अध्यक्षता, ब्राहमण समाज नेपालका केन्द्रीय सदस्य विष्णु प्रसाद काफ्लेको प्रमुख आतिथ्यता तथा ब्राहमण समाज नेपाल केन्द्रीय सदस्य लोकनाथ पाण्डे,पार्वती भण्डारीको विशिष्ट आतिथ्यता तथा ब्राहमण समाज नेपाल रुपन्देही कार्य समिति अध्यक्ष रेश्मीराज गैरेको आतिथ्यता रहेको कार्यक्रममा सचिब तिलक न्यौपानेको सञ्चालन रहेको थियो ।





