२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ हेर्नुहोस कहिले हुदैछ ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेड आईपीओ बाँडफाँड

हेर्नुहोस कहिले हुदैछ ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेड आईपीओ बाँडफाँड

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) चैत्र १३ गते, शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी, काठमाडौंमा हुनेछ । तर हालसम्म समय भने निश्चित भइसकेको छैन ।
मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा गरिने बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् । यता बाँकी १२ लाख १० हजार भन्दा धेरै आवेदक भने सेयर पाउनबाट वञ्चित हुनेछन् ।
कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार